Skip to content
Prabhu

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे १ लाख ८५ हजार

nabil

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम गरेको सुनको मूल्यलले आज फेरि नयाँ रेकर्ड कायम गरेको हो ।

अघिल्लो दिन ५ हजार ७०० रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ३ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुन तोलामा १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal