Skip to content
Prabhu

उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले गरे सर्वोच्चमा पुनरावेदन

nabil

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुनरावेदन दर्ता गराएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । उच्चले उनलाई थुनामा राख्ने आदेश गरेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

सोही आदेशबमोजिम लामिछाने गत चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् । थुनामै रहेर पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थाबमोजिम उनले आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal