एजेन्सी । ढोका छोइयो भने करेन्ट !
डेस्कबाट मोबाइल उठायो भने करेन्ट!
कसैको काँधमा हात राख्यौ भने करेन्ट!
कसैसँग हात मिलाउने कोशिश गर्यौ भने करेन्ट!
के तपाईंलाई पनि यस्तै भइरहेको छ । हो भने यो किन भएको हो भन्ने तपाईंलाई थाहा छ । यसको उत्तर हो, स्टाटिक चार्ज वा स्टाटिक इलेक्ट्रिसिटी ।
आजकल यदि तपाईंले पनि यो महसुस गर्नुभएको छ कि विभिन्न वस्तु छुँदा वा कसैसँग हात मिलाउँदा करेन्ट लागेको जस्तो हुन्छ भने त्यसका लागि यही स्टाटिक चार्ज जिम्मेवार हो । तर यो के हो त ?
यसलाई बुझ्नुअघि तपाईंलाई यो भन्नु जरुरी छ कि यसको पछाडि पनि त्यही विज्ञान काम गर्छ जुन हाम्रो बाल्यकालको ‘बेलुन जादु’ मा काम गथ्र्यो । त्यही जादु, जहाँ हामीले बेलुन टाउकोमा घस्राउँदा त्यो पर्खालमा टाँसिन्थ्यो ।
स्टाटिक चार्ज भनेको के हो ?
कुनै पनि वस्तुको सतहमा बन्ने विद्युत् चार्जलाई स्टाटिक चार्ज भनिन्छ । यहाँ चार्ज भन्नाले इलेक्ट्रोनको ट्रान्सफर (स्थानान्तरण) लाई जनाइएको हो । यो तब उत्पन्न हुन्छ जब इलेक्ट्रोन एक वस्तुबाट अर्को वस्तुमा सर्छ । यस्तो घर्षण (फ्रिक्शन) वा सम्पर्क (कन्ट्याक्ट) बाट हुन सक्छ ।
यदि हामी एटमको संरचना हेर्छौं भने यो बुझ्न सजिलो हुन्छ कि किन इलेक्ट्रोन मात्र ट्रान्सफर हुन्छन् । खासमा, इलेक्ट्रोन (नेगेटिभ चार्ज) एटमको बाहिरी कक्षमा घुमिरहेका हुन्छन् । जब तिनीहरूलाई पर्याप्त ऊर्जा मिल्छ, तिनीहरू एटमबाट निस्केर अर्को वस्तुमा सर्छन् । तर प्रोटोन (पोजिटिभ चार्ज) भने एटममा बलियोसँग बाँधिएका हुन्छन्, त्यसैले सजिलै स्थानान्तरण हुँदैनन् । जब इलेक्ट्रोन एटमबाट निस्कन्छ, तब त्यो एटम न्यूट्रल रहँदैन, किनकि अब त्योमा नेगेटिभ चार्जको तुलनामा पोजिटिभ चार्ज बढी हुन्छ ।
यो विषय बेलुन जादुबाट यसलाई सजिलै बुझ्न सकिन्छ।
जब हामी बेलुनलाई टाउकोमा घस्राउँछौं, तब कपालमा पोजिटिभ चार्ज हुन्छ र बेलुन नेगेटिभ । अब बेलुनलाई कपालको नजिक ल्याउँदा कपाल र बेलुन एक–अर्कातर्फ तानिन्छन् ।
भारतको हरियाणाको सेन्ट्रल युनिभर्सिटीमा भौतिकशास्त्रकी प्राध्यापक डा. सुनीता श्रीवास्तवले सुक्खा मौसममा एटमसँग संलग्न इलेक्ट्रोनलाई पर्याप्त ऊर्जा मिल्छ र ती कुनै पनि वस्तुको सतहमा जम्मा हुन्छन् । र, जब यी इलेक्ट्रोन घर्षण (रगड) वा सम्पर्कबाट एक वस्तुबाट अर्कोमा ट्रान्सफर हुन्छन्, तब झट्का लाग्छ – जुन आजकाल धेरैले अनुभव गरिरहेका छन्।
स्टाटिक चार्जका तीन कारण हुन सक्छन्
पहिलो घर्षण हो । जब दुई वस्तु एक–अर्कासँग घस्रिन्छन्, तब इलेक्ट्रोन एकबाट अर्कोमा ट्रान्सफर हुन्छ, जसले चार्ज असन्तुलन पैदा गर्छ । दोस्रो सम्पर्क दुई वस्तु एक–अर्काको सम्पर्कमा आउँदा पनि चार्ज ट्रान्सफर हुन सक्छ । र, तेस्रो इन्डक्सन कुनै चार्ज भएको वस्तुले बिना सीधा सम्पर्क नजिकको वस्तुमा पनि चार्ज उत्पन्न गर्न सक्छ ।
स्टाटिक भनिने कारण के हो?
डा सुनिता श्रीवास्तव भन्छिन्, ‘‘यसलाई स्टाटिक भनिन्छ किनभने यो चार्ज चल्दैन । जब हावा धेरै सुक्खा र तातो हुन्छ, इलेक्ट्रोनलाई पर्याप्त ऊर्जा मिल्छ जसले गर्दा तिनीहरू सतहमा जम्मा हुन्छन् । तिनीहरू सतह छोडेर जान त सक्दैनन् तर त्यहीँ जम्मा हुन्छन् ।” पछि जब घर्षण हुन्छ, ती इलेक्ट्रोन एक स्थानबाट अर्को स्थान जान्छन् – यही प्रक्रिया स्टाटिक चार्ज हो । तर फेरि पनि, ती जहाँ गएका हुन्छन्, त्यहीँ बस्छन् – स्थिर रहन्छन् – र यसैले तिनलाई ‘स्टाटिक’ भनिन्छ ।
एमिटी युनिभर्सिटी, नोएडामा भौतिकशास्त्रका एसोसिएट प्राध्यापक डा. अनुप कुमार शुक्ला एक अर्को उदाहरणबाट यो बुझाउँछन् । मानौं तपाईंले एउटा ग्लास रडलाई सिल्कको कपडामा धुसार्नुभयो भने ग्लास रड पोजिटिभ चार्ज हुन्छ । यसको अर्थ केही इलेक्ट्रोन त्यसबाट निस्केर सिल्कमा गयो । सिल्क नेगेटिभ चार्ज हुन्छ, ग्लास पोजिटिभ, दुवैलाई समेटेर हेर्दा चार्ज उत्पन्न हुन्छ ।
यहाँनिर प्रश्न उठ्छ कि झट्का किन लाग्छ? त्यो यसकारण लाग्छ कि जब हामी ढोका छुँछौं, कपडा छुँछौं वा कसैसँग हात मिलाउँछौं, तब हाम्रो शरीरमा अतिरिक्त चार्ज आइसकेको हुन्छ, यही चार्जको ट्रान्सफरले झट्काको कारण बन्छ ।
स्टाटिक चार्ज कुन मौसममा बढी हुन्छ ?
तपाईंलाई पनि त्यो समय सम्झनुहोला, जब बर्खाको समयमा स्विच छुँदा डर लाग्थ्यो – कहीं करेन्ट न लागोस् भनेर । त के यो त्यही करेन्ट हो, जुन अहिले गर्मीमा फेरि फर्किएको हो? के स्टाटिक चार्जको सम्बन्ध बर्खासँग छ?
उत्तर हो, होइन !
बरु बर्खामा स्टाटिक चार्जको सम्भावना निकै कम हुन्छ । जब हावा अत्यधिक सुक्खा हुन्छ, त्यतिबेला स्टाटिक चार्ज बढी हुन्छ । डा.अनुपकुमार शुक्ला भन्छन् – “स्टाटिक चार्जको सम्भावना सधैँ सुक्खा मौसममा बढी हुन्छ ।”
स्टाटिक चार्जबाट बच्न के गर्न सकिन्छ ?
अहिले मुलुकका विभिन्न स्थानमा गर्मी सुरु हुने अवस्था छ । त्यसैले स्टाटिक चार्ज अझै केही महिना सताउनेछ । तर के यसबाट बच्न के गर्न सकिन्छ ? यसबाट बच्नका लागि छालालाई सुक्खा हुनबाट जोगाउनुहोस् । यसका लागि प्रशस्त पानी पिउनुस् ताकि डिहाइड्रेशन नहोस् ।
छाला सुक्खा हुन नदिन मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । केही मानिस स्टाटिक चार्जबाट बच्न केरा बढी खान्छन्, किनभने केरा पानीको मात्रा बढी भएको फल हो र हाइड्रेशनका लागि उपयोगी मानिन्छ । यसमा पानी मात्र होइन, पोटासियम पनि हुन्छ, जुन महत्त्वपूर्ण इलेक्ट्रोलाइट हो ।
साथै यस्तो कपडा लगाउनुहोस् जसमा कम चार्ज उत्पन्न हुन्छ । जस्तै कटन वा सिल्क । यी सिन्थेटिक फाइबरको तुलनामा स्टाटिक चार्ज कम पैदा गर्छन् । वा तपाईं कोठामा ह्युमिडिफायर राख्न सक्नुहुन्छ, यद्यपि बाहिर यो कठिन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्