Skip to content

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

काठमाडौं। नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने बताएको हो। सूचनाअनुसार यो वर्ष ५२ वटा शनिबार परेका छन्। ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिइनेछ।

यो वर्ष दसैंमा ७ दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ। यीबाहेकका अन्य पर्वको बिदा २८ दिन छ। अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, सहिद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिइनेछ।

स्थानीय सरकारले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima