Skip to content
Prabhu

छ महिलाको टोली सोमबार अन्तरिक्ष यात्रा गर्ने

nabil
एजेन्सी । छ जना महिलाको टोलीले सोमबार अन्तरिक्ष यात्रा गर्ने भएका छन् । पप गायिका, पत्रकार, वैज्ञानिक, वकिल र फिल्म निर्माता सहितकामहिलाको एउटा टोली अप्रिल १४ सोमबारका दिन जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटमार्फत अन्तरिक्ष यात्रा गर्ने तयारीमा छ ।
global
अर्घाखाँची सिमेन्ट
यो इतिहासमा पहिलोपटक हुनेछ जब पूर्ण रूपमा महिलाको टोलीले अन्तरिक्ष यात्रा गर्नेछ । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेश्कोभाले एकल रूपमा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।
यो विशेष यात्रामा पप सुपरस्टार केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इंगुएन, पूर्वनासाका रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता केरियन फ्लिन सहभागी हुनेछन् । टोलीको नेतृत्व लरेन सान्चेजले गर्नेछिन्, जो अनुभवी हेलिकप्टर पाइलट हुनुका साथै जेफ बेजोसकी जीवनसाथी समेत हुन् । यी छ महिलाले पृथ्वी र अन्तरिक्षको सीमाका रूपमा चिनिने काल्पनिक रेखा कार्मन रेखा पार गर्नेछन्, जहाँ केही मिनेट तौलहीनताको अनुभव गर्न सकिन्छ ।
न्यू शेपर्ड–३१ नाम दिइएको यो मिशन ब्लू ओरिजिनको पूर्णतः स्वचालित अन्तरिक्ष यानमार्फत गरिनेछ । यात्राको कुल अवधि करिब ११ मिनेट हुनेछ । उनीहरू केही समय कार्मन रेखाको पारि तौलहीन अवस्थामा रहनेछन् र त्यसपछि पुनः पृथ्वी फर्कनेछन् । यो प्रक्षेपण अमेरिकाको वेस्ट टेक्सासस्थित ब्लू ओरिजिनको प्रक्षेपण केन्द्रबाट हुनेछ ।
लरेन सान्चेजले सन् २०२३ मा भोग पत्रिकासँगको अन्तरवार्तामा सम्पूर्ण महिला टोलीसहित अन्तरिक्ष यात्रा गर्ने सपना उल्लेख गरेकी थिइन् । ब्लू ओरिजिनले एक विज्ञप्तिमा भनेको छ, “यो केवल अन्तरिक्ष मिशन होइन, यो मानिसको सोच परिवर्तन गर्ने र भावी पुस्तालाई प्रेरित गर्ने उद्देश्य बोकेको अभियान हो ।”
कार्मन रेखा के हो ?
कार्मन रेखा समुद्री सतहदेखि १०० किलोमिटर माथिको उचाइमा रहेको एक काल्पनिक रेखा हो, जसलाई अन्तरिक्ष र पृथ्वीको वातावरणबीचको सीमा मानिन्छ । यसलाई फेडेरेसन एरोनिटिक इन्टरनेशनलले परिभाषित गरिएको हो ।
भारतीय विज्ञान संस्था मोहालीका पूर्ववैज्ञानिक प्राडा टी.भी वेंकटेश्वरनका अनुसार अन्तर्राष्ट्रिय मान्यताअनुसार यही रेखालाई अन्तरिक्षको सुरुआत मानिन्छ । पृथ्वीको वायुमण्डलको ९९.९ प्रतिशत भाग यस रेखाभन्दा तल हुन्छ । जो कोही यो सीमाभन्दा माथि जान्छ, उनलाई अन्तरिक्ष यात्रीको उपाधि दिइन्छ ।  यस कारणले पनि ब्लू ओरिजिनको यो मिसन विशेष मानिएको छ ।
अन्तरिक्ष पर्यटनतर्फ एक प्रयास
डा वेंकटेश्वरनका अनुसार यो मिसनको उद्देश्य अन्तरिक्ष पर्यटन प्रवद्र्धन गर्नु हो । उनी भन्छन्, “यो यात्रा सुनीता विलियम्सको यात्रासँग तुलना गर्नु मिल्दैन । उनी करिब ४०० किलोमिटर माथि गएको थिइन्, यी महिला यात्रुहरू कार्मन रेखा नाघेर केही मिनेटमा फर्कनेछन् । रकेटले करिब ४८ किलोमिटरसम्म यात्रा गरेपछि यानलाई माथितिर फ्याँकिएको ढुंगाजस्तो गरी अन्तरिक्षमा पठाइनेछ ।”
उनले यो परियोजनाले अन्तरिक्ष पर्यटन उद्योग निर्माणमा मद्दत गर्ने ।  महिलाको सशक्तिकरणसँगै भावी पुस्तालाई प्रेरणा दिनेमा उनले विश्वास व्यक्त गरेका छन् ।
को को जाँदैछन् ?
लरेन सान्चेज: उनी एक अनुभवी हेलिकप्टर पाइलट हुन् । ब्ल्याक अप्स एभिएसनकी संस्थापक, बेजोस अर्थ फण्डकी उपाध्यक्षका साथै  तीन सन्तानकी आमा पनि हुन् ।
आइशा बोवे: बाहामासकी मूल निवासी पूर्वनासा वैज्ञानिक, स्टेम बोर्ड नामक इन्जिनियरिङ कम्पनीकी सीईओ हुन् । लिङ्गो नामक संस्थामार्फत एक लाख विद्यार्थीलाई प्रविधि शिक्षा दिने लक्ष्य छ ।
अमान्डा इंगुएनः बायोस्पेस वैज्ञानिक, हार्भर्ड स्नातक, एमआईटी र नासामा अनुसन्धान, यौन हिंसापीडितको हकमा कानुनी काम गर्दै नोबेल शान्ति पुरस्कारमा नामांकन भएकी व्यक्ति हुन् ।
केटी पेरीः विश्व प्रसिद्ध पप गायिका हुन् । उनका गीतहरूलाई ११५ अर्बभन्दा बढी पटक हेरिएको छ । उनी युनिसेफकी सद्भावना दूत, बाल अधिकारको प्रवक्ता पनि हुन् ।
गेल किङः सीबीएस मर्निङ्सकी सह–होस्ट र ओप्रा डेलीकी सम्पादक रहेकी उनी पुरस्कार विजेता पत्रकार पनि हुन् ।
केरियन फ्लिनः फिल्म निर्माता, सामाजिक अभियानी, दि चेञ्जेज एभ्रिथिङ (२०१८) र लिली (२०२४) जस्ता महिलामुखी फिल्म निर्माण गरेकी छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal