Skip to content

एक दिनमा ट्रम्पको बोली फेरियो, भने– छुट सम्भव छैन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा निर्मित स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उपकरणहरूमा शुल्क छुट नदिने बताएका छन् । उउनले ती सामानहरू फरक प्रकारको ट्यारिफ बकेटमा सारिएको बताएका छन्् ।
शुक्रबार केही वस्तुहरूलाई १४५ प्रतिशतसम्मको आयात शुल्कबाट छुट दिइने घोषणा भएपछिको सोमबार बिहान युरोपेली सेयर बजारमा उछाल आएको छ । चीनले ट्रम्पलाई आफ्नो ट्यारिफ नीतिलाई पूर्ण रूपमा खारेज गर्न र पारस्परिक सम्मानको सहि मार्गमा फर्किन आग्रह गरेको छ । तर अमेरिकी अधिकारीहरूले आइतबार ती वस्तुहरू अब सेमिकन्डक्टर ट्यारीफ अन्तर्गत पर्ने बताइसकेका छन् ।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले हामीलाई औषधि र सेमिकन्डक्टर तथा इलेक्ट्रोनिक सामानहरू अमेरिका मै निर्माण गर्न आवश्यक  भएको बताएका थिए । शनिबार सार्वजनिक गरिएको अमेरिकी भन्सार सूचनामा स्मार्टफोन, कम्प्युटर लगायत केही इलेक्ट्रोनिक सामानमा १२५ प्रतिशत ट्यारीफ छुट हुने उल्लेख गरिएको थियो ।
तर ट्रम्पले सामाजिक सञ्जालमार्फत् उक्त रिपोर्टहरू गलत भएको दाबी गर्दै भनेका छन्, “त्यसमा छुट छैन, ती केवल अर्को ट्यारीफ ‘बकेट’ मा सारिएको हो ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima