Skip to content
Prabhu

नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली, परिसूचक २७ अंकले बढ्दा कारोबार रकम साढे ८ अर्बमाथि

nabil

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । वि.सं. २०८२ सालको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको हो । आज सेयर बजार परिसूचक २७ दशमलव १४ अंकले बढेर २६८९ दशमलव २२ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १.०१ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । आज २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ०७ अंकले बढेर ४५० दशमलव ५२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ ।

global
अर्घाखाँची सिमेन्ट

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो कारोबार दिन ६ अबै २८ करोड माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्बभन्दा माथिको कारोबार भएको छ । मंगलबार सेयर बजारमा ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ६९ हजार ३६४ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal