Skip to content
Prabhu

सेयर बजार उच्च अंकले बढेको दिन ५ कम्पनीमा सकारात्मक सर्किट, ३ वटा विकास बैंक

nabil

काठमाडौं । मंगलबार सेयर बजार उच्च अंकले बढेर कारोबार भएको दिन २१२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

आज सेयर बजारमा सर्किट लाग्ने कम्पनीमा तीनवटा विकास बैंक र दुईवटा लघुबीमा कम्पनी छन् । मंगलबार सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन् । त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १८१ रुपैयाँ ५६ पैसाले बढेर १ हजार ९९७ रुपैयाँ ४० पैसा पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ ।

ग्रिन डेभलपमेन्टको सेयर मूल्य १२३ रुपैयाँ ७२ पैसाले बढेर १ हजार ३६१ रुपैयाँ १० पैसा र सप्तकोशी डेभलमेन्ट बैंकको सेयर मूल्य १०१ रुपैयाँ ७५ पैसाले बढेर १ हजार ११९ रुपैयाँ ६० पैसा पुगेको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ३६ रुपैयाँ ५० पैसाले बढेर ४०२ रुपैयाँ ४० पैसा पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal