काठमाडौं । मंगलबार सेयर बजार उच्च अंकले बढेर बन्द हुँदा पनि ३४ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबार बन्द हुँदा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई हाइड्रो पावर र दुईवटा लघुवित्त कम्पनी छन् ।
आज बलेफी हाइड्रो पावर र अपर सोलु हाइड्रो इनलेक्ट्री सिटी कम्पानी तथा विन नेपाल लघुवित्त र आत्म निर्भर लघुवित्त छन् । आजको कारोबार बन्द हुँदा बलेफी हाइड्रोपावरको सेयर मूल्य २४ रुपैयाँ ७४ पैसाले घटेर २३० रुपैयाँ ४६ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.६९ प्रतिशतले कम हो ।
त्यस्तै आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य १९३ रुपैयाँ ०१ पैसाले घटेर २ हजार ९३३ रुपैयाँ ६९ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.१७ प्रतिशतले धेरै हो ।
त्यस्तै, आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३.७१ प्रतिशत अर्थात् २०१ रुपैयाँ ९० पैसाले घटेर ५ हजार २४० रुपैयाँ १० पैसा पुगेको छ । अपर सोलु हाइड्रो इलेक्ट्री सिटीको सेयर मूल्य १८ रुपैयाँ ४७ पैसाले घटेर ५४४ रुपैयाँ ०८ पैसा पुगेको छ ।
यो अघिल्लो कारोबार भन्दा ३.२८ प्रतिशतले कम हो । आज एनआईबीएल स्टेबल फण्डको सेयर मूल्य ०.३३ रुपैयाँले बढेर ८ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७२ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्