काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
आजको कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ५३ रुपैयाँ ५० पैसाले बढेर ५८८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक ७ दशमलव ८२ अंकले बढेर २७१३ दशमलव ८७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब १८ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्