Skip to content
Prabhu

नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी कारबाहीमा, ५ लाख जरिबाना

nabil

काठमाडौं । नेपाल बैंकका सञ्चालक तथा तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी कारबाहीमा परेका छन् ।अधिकारीले ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको भन्दै नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिबाना गर्नुका साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा पाँच वर्षका लागि सञ्चालक हुन अयोग्य हुने ठहर गरेको छ ।

राष्ट्र बैंकले नेपाल बैंकलाई २०८२ वैशाख २ गते पत्र लेख्दै जरिबाना रकम असुलउपर गराउन गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार नेपाल बैंकको गत शुक्रबार बसेको बैठकले डा. अधिकारीसँग जरिबाना असुलउपर गरिदिने र सम्बन्धित निकायमा कारबाहीबारे जानकारी गराउने निर्णय गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

अधिकारीलाई नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैयाँ जरिबाना गरेको छ र राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा ५ वर्ष सञ्चालक बन्न अयोग्य हुने गरी कारबाही गरेको छ ।

अधिकारी तत्काली अर्थमन्त्री डा. प्रकाशशरण महतका पालामा २०८० असोजमा नेपाल बैंकको अध्यक्ष भएका थिए । स्वतन्त्र सञ्चालकका रुपमा रहेका अधिकारीलाई तत्कालीन अर्थमन्त्री महतको पालामा अध्यक्ष बनाइएपछि विरोध समेत भएको थियो । अध्यक्ष बनेपछि अधिकारीले नेपाल बैंकबाट ऋण लिन सहजीकरण गरिदिने भन्दै रकम लिएको आरोप लागेको थियो ।

आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन सुरु गर्‍यो। छानबिनमा परेपछि वर्तमान अर्थमन्त्री विष्णु पौडेलले अध्यक्षबाट हटाएर सञ्चालकमा सीमित गरिदिएका थिए ।

उनी माथि लागेको आरोपमाथि नेपाल राष्ट्र बैंकले छानबिन गरेपछि ऋणीहरूबाट रकम लिएको पुष्टि भएको भन्दै कारबाही गरेको हो । अख्तियारले अधिकारीमाथि छानबिन गरिरहहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal