Skip to content
Prabhu

५६ अर्ब बढीको आईपीओ पाइपलाइनमा, हाइड्रोको मात्रै करिब २० अर्बको आईपीओ स्वीकृतिको प्रतिक्षामा

nabil

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अहिले आईपीओ जारी गर्नका लागि आवेदन दिएका कम्पनीहरुलाई स्वीकृति दिन काम गरिरहेको छ । लामोसमय नेतृत्वविहीन बनेको बोर्डले अहिले पनि आईपीओ जारीका लागि स्वीकृति दिनुपर्ने कम्पनीहरुको र आईपीओको संख्या निकै धेरै रहेको छ । हाल आईपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका विभिन्न क्षेत्रका ८८ वटा कम्पनी रहेका छन् ।

यी कम्पनीहरुले बोर्डमा दिएको आवेदन अनुसार अहिले कुल ५६ अर्ब ५६ लाख ७९ हजार ५३२ रुपैयाँ बराबरको ४० करोड ३९ लाख ७० हजार ६४ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् । बोर्डबाट स्वीकृति पाएको खण्डमा यी कम्पनीहरुले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेर आफूलाई आवश्यक पर्ने पुँजी जुटाउन सक्नेछन् ।

global
अर्घाखाँची सिमेन्ट

हाल बोर्डबाट आईपीओ जारीको स्वीकृतिको पर्खाइमा रहेकामध्ये सबै भन्दा धेरै हाइड्रोपावर कम्पनी रहेका छन् । अहिले बोर्डमा ४४ वटा हाइड्रोपावर कम्पनीले आईपीओ जारीका लागि आवेदन दिएका छन् । कुला ५६ अर्ब भन्दा बढीको आईपीओ पाइपलाइनमा रहँदा हाइड्रोपावरको मात्रै करिब २० अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ ।

४४ वटा हाइड्रोपावर कम्पनीहरुको १९ करोड ४८ लाख १६ हजार १९१ कित्ता सेयर पाइपलाइमा रहेको छ । हाइड्रोपावरको उक्त आईपीओ १९ अर्ब ८८ करोड ८८ लाख ८३ हजार ९३६ रुपैयाँ बराबरको हो । अहिले पाइपलाइनमा रहेको आईपीओमध्ये सबैभन्दा धेरै मूल्यको आईपीओ हाइड्रोपावरको नै रहेको बोर्डले जनाएको छ ।

त्यस्तै हाइड्रोपावर पछि धेरै आईपीओ पाइपलाइनमा रहेको क्षेत्र उत्पादन तथा प्रसोधन हो । यो क्षेत्रका १७ वटा कम्पनीहरुको २४ अर्ब ४७ करोड ९८ लाख ६२ हजार ३९६ रुपैयाँ बराबरको ११ करोड १६ हजार ५४१ कित्ता सेयर पाइपलाइनमा रहेका छन् । त्यस्तै होटल तथा टुरीजम क्षेत्रको ४ अर्ब १० करोड ७० लाख रुपैयाँ बराबको ४ करोड ३३ लाख २० हजार कित्ता आईपीओ स्वीकृतिको पर्खाइमा छन् ।

त्यस्तै ३ वटा इन्भेष्टमेन्ट कम्पनीका २ अर्ब ९३ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ५० हजार ३७६ कित्ता, माइक्रो फाइनान्स क्षेत्रको १ कम्पनीको ८० लाख रुपैयाँको ८० हजार कित्ता आईपीओ बोर्डको स्वीकृतिको पखाइमा रहेका छन् ।

त्यस्तै माइक्रो इन्स्योरेन्स सेक्टरका ३ वटा कम्पनीहरुको ६७ लाख ५० हजार कित्ता बराबरको ६७ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रको ११ कम्पनीको ३ अर्ब ९१ करोड ५८ लाख ९५ हजार ७०० रुपैयाँ बराबरका ३ करोड २४ लाख ३६ हजार ९५७ कित्ता सेयर पाइपलाइनमा रहेका छन् ।

आवेदन दिएकामध्ये प्रिमिय मूल्यमा आईपीओ जारी गर्न खोजेका कम्पनीहरुले भने तत्काल स्वीकृति नपाउने तर अन्य कम्पनीहरुले भने प्रकृयागत रुपमा आईपीओ जारीको अनुमति पाउने धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले बोर्डमा आवेदन परेका कम्पनीहरुलाई स्वीकृति दिने काम भइरहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal