काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ।
आज ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३ रुपैयाँ बराबर कारोबार भएको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४० रुपैयाँ पुगेको छ । आज १ सय १२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्