Skip to content

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव तथा नव आगन्तुक स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालित प्रतिविम्ब ओपन स्काउट क्र्यूले आफ्नो सातौँ वार्षिकोत्सव तथा नव आगन्तुक रोभर र रेन्जरहरुको स्वागत तथा सम्मान कार्यक्रम भव्य समारोहका साथ सम्पन्न गरेको छ। कार्यक्रम काष्ठमन्डप भेन्यु, भिमसेनथान, काठमाडौंमा बागमती प्रदेशकी माननीय प्रदेशसभा सदस्य समिता खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान र स्काउट गानका साथ गरिएको थियो। प्रमुख अतिथि श्रेष्ठले स्काउट गतिविधिहरू युवाहरूमा नेतृत्व विकास, सेवा भावना र सामाजिक उत्तरदायित्व चेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै, प्रतिविम्ब ओपन स्काउट क्र्यूलाई सातौँ वर्ष प्रवेशको शुभकामना व्यक्त गरे। उनले युवाहरुलाई सकारात्मक मार्गमा अग्रसर गराउन स्काउटिङले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा स्काउटिङ अभियानलाई अझ प्रभावकारी बनाउन आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रतिविम्ब ओपन स्काउट क्र्यूका क्र्यू लिडर छोइसाङ् तमाङले संस्थाको सात वर्षे यात्रा, उपलब्धिहरू तथा भावी योजनाको बारेमा प्रकाश पारे । उनले क्र्यूले समाजसेवा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र युवा विकासमा उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए । साथै, नव आगन्तुक रोभर तथा रेन्जरहरूलाई स्काउट आदर्श, मूल्य र लक्ष्यलाई आत्मसात गर्दै सामाजिक सेवामा समर्पित रहन आग्रह गरे ।

नव प्रवेशी रोभर तथा रेन्जरहरूलाई प्रमुख अतिथिद्वारा टिका र खादा प्रदान गरी स्वागत तथा सम्मान गरिएको थियो। नव आगन्तुकहरूले पनि आफ्ना अनुभव र भविष्यका योजना प्रस्तुत गर्दै प्रतिविम्ब ओपन स्काउट क्र्यूमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति र स्काउटिङ अनुभव आदानप्रदानका कार्यक्रमहरू समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा नेपाल स्काउटका पदाधिकारीहरू, विभिन्न स्काउट क्र्यूका प्रतिनिधिहरू, अभिभावकहरू, पूर्व स्काउटहरू तथा विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा आयोजक समितिका सभापति श्याम लामाले सहभागी, अतिथि तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै स्काउटिङका मूल्य र आदर्शलाई आत्मसात गर्दै शिक्षा तथा सामाजिक सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । आयोजकहरूका अनुसार, सातौँ वार्षिकोत्सव तथा नव आगन्तुक स्वागत कार्यक्रमले सहभागीहरूमाझ नयाँ ऊर्जा, उत्साह र प्रेरणा सञ्चार गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi