Skip to content

बस दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बाहक बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते मगरातीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा सप्तकोशी–१ की २१ वर्षीया सुवेता दाहाल, सोही स्थानकी २६ वर्षीया चेतना भट्टाई, झापाका मनोज भट्टराई, सोही स्थानकी मिना भट्टराई, उदयपुरको चौडण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, नाम नखुलेका एक पुरुष गरी २९ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कञ्चनरुप–१२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi