Skip to content

मार्बल बोकेको ट्रक ब्रेक फेल भएर छिर्‍यो होटलभित्र

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्नेमा मार्बल बोकेको ट्रकको ब्रेक फेल भएर होटलभित्र छिरेको छ। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बजारमा रहेको एक होटेलमा आज ब्रेल फेल भएर छिरेको प्रहरीले जानकारी दिएको छ।

मार्बल लोड गरेर नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ८६७१ नम्बरको ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदै दाउन्नेस्थित धौलागिरी होटल एण्ड लज पूर्ण रुपमा भत्काएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ।

ट्रक होटलमा छिरे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। उक्त धौलागिरी होटेलसँगै रहेको अर्को होटलमा पनि क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima