Skip to content

सानोपाइला सहकारीको अनुसन्धान सक्यो पर्सा प्रहरीले, रवि लामिछानेविरुद्ध ५ करोडको बिगो माग

काठमाडौं । पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको एसपी गौतम मिश्रले जानकारी दिए।

प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो। ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।

उनका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्थारकम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।

प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ। सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९ सय ९९ रुपैयाँ बिगो मागदाबी भएको छ।

सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३ सय ४६ बिगो मागदाबी गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima