Skip to content

क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

भ्यानकुभर । क्यानडाको भ्यानकुभरमा भीडमा कार ठोक्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यो घटना शनिबार लापु लापु दिवस मनाउने क्रममा भएको थियो। भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। यो संख्या अझै बढ्न सक्छ।

रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्रहरी अधिकारीहरूले गरिरहेको बताएका छन्। उनले घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन भइरहेको र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने काम पनि भइरहेको जानकारी दिए । यस घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ। अनुसन्धानबाट उनलाई मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको पत्ता लागेको छ।

रोयले यो घटनाको कारण स्पष्ट नभए पनि प्रमाण र आफ्नो विश्वासको आधारमा यो आतंकवादी घटना नभएको भन्न सक्ने बताए। भ्यानकुभर सिटी काउन्सिलर पिटर फ्राईले घटनाबाट आफू दुःखी भएको बताएका छन्। उनले भने, ‘हाम्रो सहरमा यस्तो पहिले कहिल्यै भएको थिएन।’
फिलिपिन्समा हरेक वर्ष अप्रिल २७ मा लापु–लापु दिवस मनाइन्छ। लापु लापु एक राष्ट्रिय नायक थिए जसले स्पेनी उपनिवेशवादको विरुद्धमा बोलेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima