Skip to content

रेशम चौधरीलाई थुनामुक्त गर्नुः सर्वोच्च

nabil bank

काठमाडौं । रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ ।

सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले कारागार कार्यालयमा पत्र आधिकारिक नभएको बताए । अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न पत्रमा उल्लेख छ ।

‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई चनं १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविसवडा नं ८ हाल जानकी गाउँपालिका वडा नं ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद, थुनामुक्त गरिदिनुहुन अनुरोध छ, पत्रमा भनिएको छ ।

यो सँगै चौधरी केही समयमा नै थुना मुक्त हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi