Skip to content

एनआरएनएको प्रवक्तामा गंगाधर गौतम मनोनित

nabil bank

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा अभियन्ता गंगाधर गौतम मनोनित भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले काठमाडौंमा आयोजना गरेको एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका महेश कुमार श्रेष्ठले बेल्जियम निवासी गौतमलाई प्रवक्ता मनोनित गरेका हुन् । लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय रहेका उनी एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव थिए।

संस्थाभित्र एकताको वातावरण बनाउन आफु चुनावी प्रतिस्पर्धामा नउत्रिएको गौतमले बताए। । उनले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै बाहिर रहेका केही साथीहरूलाई पनि अभियानको मूल प्रवाहमा समेट्नका लागि सिङ्गो कार्यसमितिले पहलकदमी लिने प्रस्ट पारे । अहिले गम्भीर सङ्कटमा रहेको एनआरएन अभियानलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै सधैँ सरकार र विश्वभर रहेका अभियन्ताहरूसँग मिलेर काम गर्ने पनि उनले बताए ।

आइतबार भएको निर्वाचनबाट महेश कुमार श्रेष्ठसहित सम्पूर्ण पदमा सर्वसम्मत भएको हो । नवनिर्वाचित पदाधिकारीहरुले सोमबारदेखि नै वरिष्ठ मंत्रीहरु तथा प्रमुख दलका नेताहरुसंग भेटघाट सुरु गरेर एनआरएन नागरिकता लगायतका मुद्दाहरुमा छलफल गर्ने प्रवक्ता गौतमले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi