Skip to content

नक्सालकाे भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने विमल श्रेष्ठ पक्राउ

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट दुई लाख १८ हजार रूपैयाँ बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् ।

यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा, चुरोट, काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले भक्तपुरको थिमीबाट नियन्त्रणमा हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज उनलाई सार्वजनिक गरेको छ । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

यसैबीच, प्रहरीले एक करोड ५० लाख रूपैयाँ रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट झण्डै दुई वर्षअघि बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड रूपैयाँ जरिवाना ठहर भएका ४७ वर्षीय अमित अग्रवाललाई प्रहरीले आज स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T