Skip to content

प्रि–बजेट छलफलका लागि प्रतिनिधिसभाले सत्तापक्ष र प्रतिपक्षलाई गरी १८ घण्टा समय छुट्यायो

काठमाडौं । प्रतिनिधिसभाले प्रि–बजेट छलफलका निम्ति ४ दिनका लागि १८ घण्टा समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ २ गते गरी ४ दिन छलफल हुनेछ ।

४ दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ । जम्मा १८ घण्टा छलफल हुनेछ ।

माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् । एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीले ५ मिनेट, राष्ट्रिय जनमोर्चाले ५ मिनेट, आम जनता पार्टीले ५ मिनेट र दुई जना स्वतन्त्र सांसदले ५/५ मिनेट पाएका छन् । हाल सरकारलाई समर्थन गर्ने दलको संख्या ७ छ । यी दलले पाएको जम्मा समय ७६० मिनेट छ । यो १२ घण्टा केही बढी समय हो । जम्म समय १०८३ मिनेट छुट्याइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi