Skip to content

अख्तियारद्वारा सुनिल पौडेलसहित ५ जना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, ५ करोड ७९ लाख बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरूले आरआईएससी र एचसीआई सर्भर खरिद प्रक्रियामा ठूलो रकम भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन छन् ।

मुद्दा दायर गरिएका प्रत्येकसँग ५ करोड ७९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । आर्थिक वर्ष २०७५र७६ मा ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसनिङ अफ आरआईएससी एन्ड एससीआई सर्भर’ खरिद सन्देहपूर्ण रहेको भन्दै उजुर परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेस गरेको बोलपत्रमा मिलेमतोमा पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार भएको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T