Skip to content

राजविराजको रुपनी रोडमा बजाजको बबाल ग्रान्ड एक्सचेन्ज मेला

nabil
global ime

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले राजविराजको रुपनीमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।

जुनसुकै मोडल र जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाटको आकर्षक योजना यही जेठ ११ गतेदेखि सुरु गरेको छ । यो योजना जेठ १६ गतेसम्म चल्नेछ ।

राजविराजको रुपनी रोड (नेपाल टेलिकमको टावरनजिकै) आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाा अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुटसहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

भण्डै ७० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई अझ राम्रो सेवा दिने उद्देश्यले यो योजना नेपालभर लागु गरिएको र हाम्रा ग्राहकको माग अनुरुप राजविराजको रुपनी रोड मा पनि केवल नागरिकताको आधारमा जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साटको आकर्षक योजना ल्याइएको हंसराज हुलास चन्द एण्ड कम्पनीका मार्केटिङ हेड अमितराज आलिसेले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T