Skip to content

करिब १२ सय ५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ

काठमाडौं । करिब १२ सय ५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट प्रहरीले तीन जना पक्राउ गरेको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका–१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन्।

रत्न मायाको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट अवैध लागुऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका–४ बस्ने १९ वर्षीय गोपाल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र–२–०३–००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi