Skip to content

केईको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ र्‍याली सम्पन्न

काठमाडौं । केई मोटर्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ कार र्‍याली सम्पन्न गरेको छ।नेपालका लागि केईको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोइल्सले जेठ १७ गते संयुक्त रूपमा उक्त कार्यक्रम सम्पन्न गरेका हुन्।

थापाथलीबाट सुरु भएर र्‍याली ललितपुरको गोदावरीसम्म पुगेको थियो। उक्त र्‍यालीमा केईका ग्राहक, उनीहरूको परिवारका सदस्यसहित ८० जनाभन्दा धेरै सहभागी थिए।

र्‍यालीमा केई एक्स३ प्रो, ई–क्युट ०२, र ई–क्युट ०४ सहित केईका विद्युतीय कारहरू थिए। र्‍यालीमा सहभागीहरूले गोदावरीस्थित मार्बलडाँडामा ७० वटाभन्दा धेरै विरुवा रोपेको कम्पनीले जनाएको छ।

साथै, कार्यक्रममा मनोरञ्जनात्मका र खेलकुदका गतिविधहरू पनि गरिएको थियो ।यो कार्यक्रम प्रकृति प्रशंसा र वातावरणीय जिम्मेवारीको उत्सव रहेको कम्पनीले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi