Skip to content

वैदेशिक लगानी बढाउन ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम’ आयोजना हुँदै

काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यसहित नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम आयोजना हुुने भएको छ ।

मंगलबारदेखि आगामी तीन दिनसम्म आयोजना हुने फोरममा नेपालमा लगानीको वातावरणको प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू र विकास वित्तीय संस्थाहरूलाई एकै ठाउँमा ल्याइने बताइएको छ ।

फोरममा पहिलो दिन वैदेशिक लगानी विस्तार, जलवायु अनुकूल रणनीति र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको विकासबारे छलफल हुनेछ । दोस्रो दिन सरकारी अधिकारी र विकास साझेदारहरूसँग दीर्घकालीन सहकार्यबारे छलफल हुनेछ भने तेस्रो दिन सहभागीहरूले विभिन्न परियोजनाहरूको फिल्ड भ्रमण गर्नेछन्।

यो कार्यक्रम नेपाल बैंकर्स एसोसिएसन, नेपाल प्राइभेट इक्विटी एसोसिएसन सँगको सहकार्यमा इन्भेष्ट फर इम्प्याक्ट नेपालले आयोजना गर्न लागेको हो ।

कार्यक्रममा १४ वटा डीएफआई र इम्प्याक्ट इन्भेष्टरका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।

फोरमले लगानीकर्ता र नेपाली कम्पनीहरूबीच सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालमा दीर्घकालीन तथा प्रभावकारी लगानी भित्र्याउन यसले सहयोग पुग्ने आयोजकहरूको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi