Skip to content

नेपालमा तारे होटल र रिसोर्ट २१४, व्यवसायीदेखि मन्त्रीसम्मको लगानी

nabil bank

काठमाडौं । नेपालमा तारे होटल तथा रिसोर्ट बन्ने क्रम बढेको छ ।

देशका विभिन्न भाग, विषेशगरी पर्यटकीय र व्यापारीक क्षेत्रमा तारे होटल तथा रिसोर्ट बन्ने क्रम बढेको छ । यो क्षेत्रमा उद्योगी व्यवसायीदेखि नेता, सांसद, मन्त्रीले समेत लगानी गर्ने गरेका छन् ।

हालसम्म निर्माण भएर सञ्चालनमा २१४ वटा पाँच तारेदेखि साधारण स्तरका तीन तारे होटलसम्म रहेका छन् । देशभर एक तारे होटल ४४ वटा, दुई तारे होटल ४९ वटा, तीन तारे होटल ३७ वटा, चार तारे होटल ४१ वटा, पाँच तारे होटल २३ वटा रहेका छन् ।

यस्तै पाँच तारे डिलक्स ३ वटा, पाँच तारे स्तर लक्जरी रिसोर्ट ३ वटा, चार तारे स्तर डिलक्स ४ वटा, चार तारे स्तर डिलक्स रिसोर्ट ६ र तीन तारा स्तर साधारण १ रहेका छन् । अर्थ मन्त्रालयको तथ्याङक अनुसार हाल २१४ वटा होटल तथा रिसोर्ट छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १३४ वटा छन् भने कर्णालीमा एक वटा मात्रै तारे होटल छ ।

कोशी प्रदेशमा एक तारे होटल २ वटा, दुई तारे होटल १ वटा, तीन तारे होटल २ वटा, चार तारे होटल २ वटा, पाँच तारे होटल १ र पाँच तारे डिलक्स १ सहित ९ वटा रहेका छन् ।

यस्तै मधेश प्रदेशमा एक तारे होटल २ वटा, दुई तारे होटल ४ वटा, तीन तारे होटल २ वटा, चार तारे होटल ३ वटा, पाँच तारे होटल १ सहित १२ वटा तारे होटल रहेका छन् ।

तथ्याङ्क अनुसार बागमती प्रदेशमा एक तारे होटल ३१ वटा, दुई तारे होटल ३३ वटा, तीन तारे होटल २८ वटा, चार तारे होटल ११ वटा, पाँच तारे होटल १५ वटा, पाँच तारे डिलक्स २ वटा, पाँच तारे स्तर लक्जरी रिसोर्ट ३ वटा, चार तारे स्तर डिलक्स ४ वटा, चार तारे स्तर डिलक्स रिसोर्ट ३ र तीन तारे स्तर साधारण १ सहित १३४ वटा रहेका छन् ।

गण्डकी प्रदेशमा एक तारे होटल ३ वटा, दुई तारे होटल ८ वटा, तीन तारे होटल २ वटा, चार तारे होटल १६ वटा, पाँच तारे होटल ४ सहित २५ वटा होटल रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा एक तारे होटल ३ वटा, दुई तारे होटल ३ वटा, तीन तारे होटल ३ वटा, चार तारे होटल १६ वटा, पाँच तारे होटल ४ सहित २९ वटा होटल रहेका छन् ।

कर्णाली प्रदेशमा चार तारे होटल एउटा मात्रै रहेको छ भने सुदुरपश्चिम प्रदेशमा एक तारे होटल ३ वटा र चार तारे होटल १ सहित ४ वटा होटल रहेका छन् ।

नेपालमा पछिल्लो समय होटलमा लगानी गर्ने क्रम बढेको छ ।होटल क्षेत्रमा उद्योगी, व्यवसायीदेखि मन्त्रिसम्मले लगानी गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा अझै पनि तारे होटल खुल्ने क्रम जारी नै छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढानीलकण्ठमा रहेको पाँचतारे होटल होलिडे इन’ मा लगानी गरेका छन् ।

मन्त्री खड्काले करिब ३ अर्ब रुपैयाँमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । यो होटलको व्यवस्थापन अमेरिकन चेन होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) ले लिएको छ ।

यता सरकारले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने व्यवस्था गरेको छ ।

यस्तै पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति लिएको छ ।

राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या पर्यटकीय पूर्वाधार विकासमा जोड दिने, प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेशन, होटल, लज, रिसोर्ट लगायतका पर्यटन पूर्वधार निर्माणका लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था बजेटमा छ ।

होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत महसुल छुट दिने, होटल, मोटल, रेष्टुरेन्ट, जङ्गल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi