काठमाडौं । अमेरिकाले नेपालीलाई प्रदान गरेको टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) सेवा १० वर्ष पछि समाप्त हुने भएको छ।
सन् २०१५ मा गएको भुकम्पको मद्दत गर्न नेपाललाई राहत स्वरूप अमेरिकाले यो सुविधा सुरु गरेको थियो। युएससिआइएसले बुधबार जानकारी गराउँदै आगामी अगष्ट ५ देखि यसको अन्त्य हुने पुष्टि गरेको छ।
यस सुविधा अन्त्यसँगै नेपालीहरूलाई अमेरिका मा स्थायी रूपमा बस्ने अनुमति पाउने प्रक्रियामा परिवर्तन आउन सक्छ। अमेरिकाको यो निर्णयले नेपाली समुदायमा विभिन्न प्रतिक्रिया जनाइएको छ। अधिक जानकारी र सुझावका लागि प्रभावित नेपालीहरूलाई सम्बन्धित सरकारी निकायसँग सम्पर्क गर्न सल्लाह दिइएको छ।
अमेरिकाले भूकम्प गएपछि अमेरिका पुगेका नेपालीलाई टिपिएस सुविधा दिएको थियो ।
सूचनामा अगष्ट ५ तारिकसम्म अन्य वैधानिक स्टाटस कायम गर्न नसक्नेहरुलाई देश छाड्नका लागि समेत आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्