Skip to content

टेलिकम भ्रष्टाचार प्रकरणः प्रबन्ध निर्देशक संगीता पहाडीसहित यी हुन १८ जना, २ चिनियाँ नागरिक

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको भन्दै पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

मुद्दा दायर गरेकामा नेपाल दूरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा  वैद्य भन्ने प्रतिभा श्रेष्ठ, तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ तत्कालीन निमित्त निर्देशक अमूल प्रधान, तत्कालीन प्रवन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धक राजीव कुमार केसी, तत्कालीन उपप्रबन्धक नवल चौधरी, तत्कालीन उपप्रबन्धक मुक्तिप्रसाद अर्याल, तत्कालीन उपप्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण
र तत्कालीन उपप्रबन्धक परमात्मा भट्टराई छन् ।

यस्तै बेजिङको एसिया इन्फो युह्याङ सफ्टवयरको सिनियर डाइरेक्टर लोङ योङ, एसियाइन्फोका लोकल एजेन्ट अरनिको इन्टरनेसनलका डाइरेक्टर शैलेश श्रेष्ठ, एसिया इन्फो सफ्टवयर युङह्याङ सफ्टवेयर बेजिङ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T