Skip to content

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेजिङ । चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सरकारले नयाँ सवारी किन्नेलाई प्रोत्साहन गर्न ल्याएको योजना प्रभावकारी बनेपछि बिक्रीमा यस्तो सुधार देखिएको हो।

गत मे महिनामा करिब १९ लाख ३० हजारभन्दा बढी सवारी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १३ प्रतिशतले बढी हो।

सरकारले पुराना सवारी फेरेर नयाँ सवारी खरिद गर्न चाहने व्यक्तिहरूलाई सहयोगस्वरूप विशेष छुट प्रदान गर्दै आएको छ। यो कार्यक्रमलाई यस वर्ष अझ विस्तार गरिएको छ, जसले उपभोक्तालाई थप सहजता प्रदान गरेको छ।

यो योजनामार्फत मात्र यो वर्षको पहिलो पाँच महिनामा ४१ लाखभन्दा बढी नयाँ सवारी बिक्री भइसकेको जानकारी प्राप्त भएको छ।

बिजुलीबाट चल्ने सवारीसाधन (विद्युत सवारी) को उत्पादन र बिक्री दुवैमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। मे महिनामा करिब ११ लाख ७० हजार उत्पादन हुँदा, १० लाख २० हजारभन्दा बढी बिक्री भएका छन्।

साथै, यो वर्षको पहिलो पाँच महिनामा मात्रै झण्डै ८८ लाख सवारी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima