Skip to content

दुर्गम क्षेत्रमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन

भोजपुर । भौगोलिक रूपमा विगट रहेका साल्पासिलिछो गाउँपालिकाका दुई वडामा घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिएको छ ।

इलाका प्रशासन कार्यालय दिङ्लाले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन सामाजिक सुरक्षा भक्ता लिँदै आएका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर घुम्ती शिविरमार्फत विवरण संकलन गरेको हो ।

साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नं ५ र ६ दाभानेका ३५५ जनाको वितरण सङ्कलन गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिए । यही जेठ २३ गतेदेखि चार दिनसम्म शिविर सञ्चालन गरेर विवरण संकलन गरिएको उनको भनाइ छ ।

‘घुम्ती शविरिमार्फत दुर्गम क्षेत्र दोभानेका नागरिकको राष्ट्रिय परिचयपत्रको वितरण सङ्कलन गरेका छौँ,” प्रमुख अधिकारीले भने, ‘यो क्षेत्र भौगोलिक रूपमा निकै विकट रहेकाले शिविरमार्फत घरदैलोमै पुगेर सेवा प्रदान गरेका हौँ, यसले ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई ठूलो राहत पुगेको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima