Skip to content

चैते धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा १० क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र दुई हजार २०० रुपैयाँ मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष तीन हजार रुपैयाँभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निराश भएका बताए। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए ।

गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० रुपैयाँ प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८ सय ७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए। भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T