Skip to content

कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

धरान । यहाँको बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ ।

नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममाफएत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार २३ थान पावर टिलर, २० थान मिनि टिलर र २५ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ । यस्ता उपकरणले कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो ।

उनले भने, ‘कृषकहरुले परिश्रम गरिरहेका छन् तर उपकरण अभावले अपेक्षित लाभ लिन सकेका छैनन्, नगरपालिकाले वितरण गरेको यी उपकरणले श्रम गर्न सजिलो बनाउनुका साथै उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।’

नगरपालिकाले वर्षेनी कृषकलाई शतप्रतिशत अनुदानमा मल, बीउ, तथा अन्य कृषि उपकरण वितरण गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T