Skip to content

ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि आवेदन खुला

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुला गरिएको छ।

यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोर/किशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ।

ग्लोकल टिन हिरो ग्लोकलको एक महत्वपूर्ण पहल हो। जुन केबल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवारकिशोर/किशोरीहरूलाई उचित मूल्यांकन गर्दै नयाँ पुस्ता माझ आभारीपूर्वक पहिचान दिलाउँछ।

ग्लोकल प्रालि प्रशिक्षण, शिक्षा र सिप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो। यस कार्यक्रमले किशोर/किशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ।

यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ।

ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोर/किशोरीहरूले आवेदन दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T