Skip to content

अमेरिकाद्वारा इरानका ३ आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण

nabil bank

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका ३ मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन्। यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ।

यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जालमार्फत भने, ‘सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन्। फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो।’

उनले थपे, ‘सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो।’ यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्‍याएको हो। राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिपछि इरानले प्रतिक्रिया दिने तयारी गरिरहेको देखिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi