Skip to content

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गरेका छन् । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनभने इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ।

रुबियोले फक्स न्यूजसँग भने, ‘म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खासगरी, इराक कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुनेगर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।’

विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्।

विदेशमन्त्री रुबियोले भने, ‘यदि इरानले हर्मज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती हुनेछ। इरानी शासकले हर्मुज स्ट्रेटमा आवागमनलाई रोक्नु उनीहरूको लागि आर्थिक सङ्कट निम्त्याउने कडी बन्न सक्छ ।

हामीसँग यसको सामना गर्ने विकल्पहरू छन् ।’उनले भने, ‘तर अन्य देशले पनि यसलाई हेर्नुपर्छ, यसले अन्य देशको अर्थतन्त्रलाई हाम्रो भन्दा धेरै नराम्रो असर पार्नेछ। मलाई लाग्छ, यसले सङ्कटग्रस्त विश्व अर्थतन्त्रलाई थप समस्यातर्फ धकेल्नेछ ।’

यसैबीच इरानले अमेरिकी सेनाले प्रयोग गर्ने अखडालाई धम्की दिएको छ भने इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले ती अखडालाई ‘आफ्नो (इरानको) सशस्त्र बलको वैध निशाना’ मानिने बताएका छन् ।

यद्यपि, अमेरिकी आक्रमणले तेहरानलाई द्वन्द्व कम गर्न वा यसलाई अझ फराकिलो बनाउन प्रेरित गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ । चीनले अमेरिकी आक्रमणको निन्दा गर्दै रुस र अरब राष्ट्रहरुको समूहलाई साथ दिँदै यसले मध्यपूर्वमा तनाव बढाएको बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi