Skip to content

सवा एक करोडको क्रिप्टो कारोबार र २३ लाख अनलाइन ठगी गर्ने २ युवा पक्राउ

काठमाडौं । प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गर्ने र सामाजिक सञ्जाल फेसबुक पेज र टेलिग्राम ग्रुपबाट ठग्ने २ जनालाई पक्राउ गरेको छ ।

समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा २३ लाख १५ हजार जम्मा गर्न लगाई ठगी गर्ने २ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज काठमाडौंको माइतिघरबाट धादिङ जिल्ला थाक्रे गाउँपालिका ५ घर भइ कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने १९ वर्षको समिर तामाङ र गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने वर्ष १९ को क्रिस पोखरेललाई पक्राउ गरेको छ ।

नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान गर्दा दुवै जनाले १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको देखिएको ५ । यो बिषयमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T