Skip to content

३ सय १९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश२–०३–००१ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस ल्याउँदै गरेका थाहा नगरपालिका–१२ मकवानपुरका ३६ वर्षे बुद्धिबहादुर स्याङ्तानलाई बुधबार पक्राउ गरेको हो ।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले विशेष सूचनाका आधारमा धादिङ जिल्लाबाट लागुऔषध चरेस लोड गरेर आएका चालकलाई वीरगञ्ज महानगर–२१ परवानीपुरबाट पक्राउ गरेको जानकारी दिए।

‘ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेस फेला पारेका छौँ’, उनले भने, ‘चालकको साथबाट एक लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेका छौँ ।’ चालक स्याङ्तानलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi