Skip to content

सन नेपाल लाइफको ए एम एल सिएफटीसम्बन्धी प्रशिक्षण सकियो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ए एम एल सिएफटीसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागार्इ तथा कम्पनीका बिभिन्न विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु तथा वरिष्ठ व्यवस्थापकको उपस्थितिमा सञ्चालन भएको थियो र सो कार्यक्रममा कानुनी विभाग प्रमुख सुवास भण्डारीले ए एम एल सिएफटि सम्वन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यमान ए एम एल सिएफटी ऐन, त्यसका प्रमुख प्रावधानहरू, रिपोर्टिङ दायित्व, ँ FIU (Financial Information Unit) को भूमिका, र बीमा कम्पनीमा लागू हुने नीतिगत तथा व्यवहारिक पक्षहरूबारे व्यापक छलफल गरिएको थियो।

कम्पनीले यस्तो किसिमका तालिम कार्यक्रममार्फत पारदर्शिता, उत्तरदायित्व र कानुनी अनुपालनमा प्रतिबद्धता जनाउँदै आएको छ। ब्रान्ड विभाग लगायत सबै विभागले नियमनकारी निकायको मापदण्डअनुसार कार्य गर्नुपर्ने विषयमा प्रशिक्षणले स्पष्ट दिशा दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T