Skip to content

बचतको स्मार्ट तरिका- प्रतिफल पनि, सुरक्षा पनि!

काठमाडौं ।  नेपालको जीवन बीमा बजारमा फेरि एकपटक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सकारात्मक बहसको विषय ल्याएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको वार्षिक अग्रिम भुक्तानी योजना सम्बन्धी पोस्टले दर्शकहरूको ध्यान खिचेको छ। उक्त पोस्टले परम्परागत बचत र बीमा अवधारणालाई चुनौती दिंदै फरक किसिम को धारणा प्रकट गरेको छ, जसले आय वृद्धिसँगै जीवनको सुरक्षा र कर बचत समेत सुनिश्चित गर्ने भनेर कम्पनि द्वारा उल्लेख गरिएको छ।

“ थिंक योर सेभिङ आर स्मार्ट ? थि‌क अगेन” भन्ने सन्देशले धेरैलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ। कम्पनीको अनुसार, उक्त योजनाले वार्षिक २१% सम्मको प्रतिफल दिने, जीवन तथा दुर्घटना बीमा सुरक्षासँगै मेडिकल आपतकालीन सहयोग र कर छुट सुविधा उपलब्ध गराउने बताएको छ।

विशेषगरी, कम मासिक योगदानबाट दीर्घकालीन लाभ प्राप्त गर्न चाहने युवापुस्ता, मध्यम वर्गीय परिवार, तथा करयोग्य आय भएका पेशेवरहरूका लागि यो योजना अत्यन्त उपयोगी देखिएको छ। बीमा बजार विश्लेषकहरूका अनुसार, यस्तो ‘मल्टी–बेनेफिट प्लान’ नेपाली वित्तीय चेतना र सुरक्षा अवधारणामा सकारात्मक क्रान्ति ल्याउने खालको छ।

पोस्टको अन्तिम सन्देश “मेक योर मनी स्मार्ट, नट जस्ट सफर” ले यो योजना केवल बीमा योजनालाई सरल, पहुँचयोग्य र व्यावसायिक रूपले आकर्षक बनाउन सक्ने यो प्रयासले बीमा क्षेत्रमा प्रतिस्पर्धात्मक ऊर्जा थपेको छ। आगामी दिनमा आम नेपालीबीच आर्थिक आत्मनिर्भरता र सुरक्षित भविष्य सुनिश्चित गर्न यस्ता योजनाहरू निर्णायक बन्ने प्रक्षेपण गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima