Skip to content

विदेशी विनिमय सञ्चिति २२.२ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड डलर पुग्यो, १४.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने

nabil bank

काठमाडौं । नेपालमा कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले बढेर जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर विदेशी विनिमय सञ्चिति रहेको थियो । अहिले २५.९ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा जेठ मसान्तमा २२.२ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा जेठ मसान्तमा २३ प्रतिशतले बढेर २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा जेठ मसान्तमा ५३.२ प्रतिशतले बढेर २ खर्ब ९४ अर्ब ९२ करोड कायम भएको छ ।

२०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको थियो ।

जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi