Skip to content

नीतिगत स्थिरतालाई कायम राख्दै मौद्रिक नीति ल्याउन पूर्वगभर्नरको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउँदा नीतिगत स्थिरतालाई ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्र बैंकले आज म्यारियट होटलमा निवर्तमान तथा पूर्वगभर्नरहरुसँग सुझाव लिन  आयोजना गरेको  छलफलमा यस्तो सुझाव दिएका हुन् ।

पूर्वगभर्नर चिरन्जिवी नेपालले मौद्रिक नीति निमार्ण गर्दा नीतिगत स्थिरता कायम हुने गरी ल्याउनु पर्ने बताए । ‘राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत नीतिगत सुधार गर्न आवश्यक छ’  नेपालले भने, ‘ मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएको समस्याको सहजिकरण गर्न सक्नुपर्छ ।’

मौद्रिक नीतिले बजारको पैसा व्यवस्थापन गर्ने भएको कारण अनुसन्धानमा आधारित भएर नै नीति निमार्ण गर्नुपर्ने उनको धारणा छ । पछिल्लो दुई वर्ष यता बजारमा कर्जाको व्याजदर घट्दो अवस्थामा रहेतापनि  कर्जाको माग बढ्न सकेको छैन । लगानीकर्तामा विश्वास नहुँदा कर्जाको माग कम भएको धेरैको बुजाइ छ । मौद्रिक नीति निमार्ण गर्दा यस्ता कुरामा पनि ध्यान दिनुपर्ने पूर्वगभर्नरहरुको सुझाव छ ।

बजारको विश्वास बढाउन राष्ट्र बै‌ैक मात्रै नभएर सरकारको पनि भूमिका उत्तिकै हुन् । सरकारले लिने नीति ६ महिना, एक वर्षमा परिवर्तन हुने भएका कारण बजारको कन्फिडेन्स कमजोर भएको नेपालको बुझाइ छ । अहिले खनाल आयोगले तयार पारेको सुझावमा पनि ध्यान दिने बेला भएको उनको भनाइ छ ।

‘सरकारले केही समस्या पर्यो भने कमिटी गठन गर्ने र सुझाव लिनेगर्छ । कमिटिले दिएको सुझाव कार्यान्वयन नहुने समस्या छ’ एक पूर्वगभर्नरले भने, ‘खनाल आयोगले दिएको रिर्पोट थन्किएको छ, त्यसमा सबैले ध्यान दिनु पर्छ ।’

यसैगरी, सरकारले भुतप्रभावि नीति ल्याएर करको भार थोपार्ने गरेको भन्दै यसका सरकार सचेत नभएसम्म बजारमा कन्फिडेन्स नबढने सबैको बुझाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi