Skip to content

राष्ट्र बैंकले ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ६० करोड रुपैयाँ मुद्दती निक्षेप लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई मुद्दती निक्षेपको रुपमा राख्ने निर्णय गरेको जनाएको छ ।

जसमा वाणिज्य बैंकहरूमा ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ९ करोड रुपैयाँ र वित्त कम्पनीहरूमा ३ करोड रुपैयाँ मुद्दती निक्षेप राखिने भएको छ ।

राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त निक्षेपका लागि ब्याजदरसहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

प्रस्ताव आइतबार साँझ ७ बजेसम्मको समय रहेको छ । प्रस्ताव ई–मेलमार्फत पेश गर्नुपर्नेछ । यो निक्षेप लगानी साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म ३६६ दिनका लागि हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima