Skip to content

प्रचण्डको प्रश्नः नयाँ स्टकको लाइसेन्समा अहिलेको प्रकृया रोकेर नयाँ प्रकृयामा लाइसेन्स दिन सरकार तयार छ ?

nabil
global ime

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा भइरहेको आर्थिक चलखेलप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केद्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारले अहिलेको प्रकृया रोकेर नयाँ मापदण्ड निर्धारित गरेर विधिसम्बत तरिकाले भ्रष्टाचार रोकेर नयाँ स्टकको लाइसेन्स दिन सरकार तयार रहेको छ भन्दै प्रश्न गरेका छन् । उनले अहिलेको प्रकृया रोकेर भ्रष्टाचार नगरी नयाँ मापदण्ड बनाएर लाइसेन्स दिन आग्रह गरे । सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न गरे ।

उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो । वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको छ।’

अध्यक्ष प्रचण्डले संसदमा भने, ‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।’ उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T