Skip to content

१३ लाख नक्कली नोट र लागु औषध अफिमसहित पाँच जना पक्राउ

काठमाडौं । जाजरकोटमा लागु औषध तथा नक्कली नोट सहित पाँच जना पक्राउ परेका छन् । नक्कली (खोटा) नोट १३०० थान १३ लाख बरावरको नेपाली नोट बरामद  गरेको हो ।
यसैगरी, नेपाल प्रहरीले उनीहरूबाट नै लागु औषध अफिम जस्तो देखिने पोका थान २६ जम्मा तौल ३० केजी ६७२ ग्राम बरामद गरेको छ । नेपाल प्रहरीका एसपी सुधीर राज शाहीका अनुसार जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं.५ बस्ने वर्ष अ.२२ की दिलमाया सिंह ठकुरी, जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा.५ खुर्पा बस्ने वर्ष अन्दाजी ३३ को राम बहादुर सिंह पक्राउन परेका हुन् ।
यसैगरी, जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा.७  समकोट गमौडी घर भई हाल सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.१२ ठकुरी टोलमा  डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली, ऐऐ बस्ने वर्ष ३८ को प्रेम बहादुर बिक, जिल्ला कालिकोट थरहरीनाथ गाउँपालिका वडा नं।४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ न्युरोडमा जनगर्जन नेटवर्क प्राली नामक मिडिया सञ्चालन गरी बस्ने वर्ष अन्दाजी ३४ का मन बहादुरलाई पक्राउ गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T