Skip to content

सामसुङका प्रमुख ली जे–योङले १० वर्षपछि पाए धोखाधडी मुद्दामा सफाइ

एजेन्सी । सामसुङका प्रमुख तथा संस्थापकका नाति ली जे–योङले सन् २०१५ मा भएको कम्पनीहरूबीचको मर्जरसम्बन्धी धोखाधडीको आरोपबाट पूर्ण सफाइ पाएका छन् । दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार अन्तिम फैसला सुनाउँदै लीलाई दुई अदालतबाट पहिल्यै दिइएको निर्दोष ठहरलाई सदर गरेको हो ।

सन् २०१४ मा उनका बुवा ली कुन–हीको हृदयघातपछि कोमामा गएको अवस्थालाई मध्यनजर गर्दै सामसुङको नेतृत्व लिँदै आएका लीमाथि कम्पनीको नियन्त्रण लिनका लागि स्टक हेरफेर तथा लेखापालकीय अनियमितता गरेको आरोप लगाइएको थियो ।

अदालतको अन्तिम निर्णयपछि सामसुङका कानुनी प्रतिनिधिले वक्तव्य जारी गर्दै भने, “सर्वोच्च अदालतको अन्तिम फैसलाले सामसुङ सी एन्ड टी र सामसुङ प्रक्रिया पूर्णतः कानुनी भएको पुष्टि गरेको छ, लामो कानुनी प्रक्रिया र परीक्षणपछि आएको यो बुद्धिमत्तापूर्ण निर्णयका लागि हामी अदालतप्रति आभारी छौं ।”

सन् २०२४ मा जिल्ला अदालतले लीलाई ८ अर्ब अमेरिकी डलर बराबरको दुई सामसुङ सहायक कम्पनीहरू गाभिएको मर्जर प्रकरणमा सबै आरोपबाट सफाइ दिएको थियो । त्यसपछि सरकारी वकिलहरूले पुनरावेदन गर्दै मुद्दा उच्च अदालतमा लगे पनि ली फेरि निर्दोष ठहर भएका थिए ।

दश वर्ष लामो कानुनी झमेलाले सामसुङको नेतृत्वलाई प्रभावित तुल्याएकोमा अब भने लीको कानुनी संकट अन्त्य भएको छ । यसबीचमा सामसुङ विश्वभरका प्रतिस्पर्धी प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्ना व्यापारिक रणनीतिहरूलाई सुदृढ पार्ने प्रयत्नमा जुटेको छ । ली जे–योङको यो कानुनी जितलाई सामसुङ र दक्षिण कोरियाली उद्योगजगतका लागि ठूलो राहतको रूपमा हेरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi