Skip to content

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो परियोजनालाई अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय सरकारका परियोजना कार्यान्वयन निकाय तथा काठमाडौँस्थित भारतीय राजदूतावासबीच आज समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यी परियोजनाहरूको कूल अनुमानित लागत रु ३९ करोड रहेको भारतीय दूतावासले जनाएको छ ।

यी पाँच परियोजना धनुषाको बटेश्वर गाउँपालिका बटेश्वर(३ मा जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा वासुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिका(२ मा बेंगा साह माध्यमिक विद्यालयको भवन, छात्राबास तथा पुस्तकालय तथा मनाङको नासोँ गाउँपालिका–५ मा पाँच श्ययाको अस्पताल भवन निर्माण रहेका छन् ।

नगरपालिका र गाउँपालिकासहित सङ्घीय सरकारका स्थानीय निकाय तथा संस्थामार्फत यी परियोजनाको कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी संरचना निर्माणले नेपाली जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले आज समझदारी पत्रमा हस्ताक्षर भएका पाँच वटा परियोजनासहित नेपालमा पाँच सय ७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । यीमध्ये नेपालका सातवटै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा चार सय ९६ परियोजना सम्पन्न भइसकेका छन् । बाँकी परियोजना विभिन्न चरणमा निर्माणाधीन छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T