Skip to content

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः ३ अर्ब २० करोड बिगो दाबी गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर, १०३ फरार (नामावलीसहित)

३ अर्ब २० करोड मध्ये कुन शीर्षकमा कति ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा १०९ जनाविरुद्ध ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १०९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ४ जना पक्राउ गरेका छन् भने २ जनाको मृत्यु भइसकेको छ । १०३ जना अझै फरार छन् ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–३ स्थायी घर भइ हाल जिल्ला बाँके नेपालगञ्ज उप महानगरपालिका–२० बस्ने ६५ वर्षका कर्णाली डेभलपमेण्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय छन् ।

यस्तै बाँके खजुरा गाउँपालिका वडा– १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–१९ बस्ने ४० वर्षका कर्णाली डेभलपमेण्ट बैंकका तत्कालीन प्रमुख वित्त अधिकृत बेदप्रकाश सिंह ठकुरी रहेका छन् ।

यस्तै बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–४ स्थायी घर भएका कर्णाली डेभलपमेण्ट बैंकका तत्कालिन संचालक समितिका अध्यक्ष ६५ वर्षका पशुपति दयाल मिश्र र सुनसरी जिल्ला महेन्द्रनगर-३ स्थायी हाल काठमाडौ टोखा नगरपालिका–१० आदर्श कोलनीमा बस्ने ६१ वर्षका भुवन बस्नेत पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकका पूर्व अध्यक्ष, पूर्वसीईओ, सञ्चालक, कर्मचारी सहितको मिलेमतोमा उक्त घोटाला भएको निष्कर्ष निकालेको छ । ब्यूरोले साउन ८ गते जिल्ला सरकारी वकिल बाँकेमा बुझाएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi