Skip to content

ललितपुर महानगरपालिका ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै

nabil
global ime

ललितपुर । ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण मल्लकालमा गरिएको थियो, विसं. २०५० मा स्थानीय समुदाय र ललितपुर महानगरपालिकाको सहकार्यमा पुनःनिर्माण गरिएको हो।

हाल ललितपुर महानगरद्वारा हिटीको सरसफाइ तथा पुनःसंरचना कार्य भइरहेको छ। जीर्ण अवस्थामा पुगेको हिटीबाट झार हटाई इट्टा मिलाउने काम भइरहेको छ।

तल्लो भागमा जमेको हिलो सुकाएपछि निकाल्ने योजना बनाइएको छ। ढल निकास अवरुद्ध भएकाले हिलो जम्ने समस्या देखिएको छ, जसले पानी पर्ने बेलामा थप चुनौती उत्पन्न गर्न सक्छ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T